×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकले नबिल बैंकलाई जित्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया बैंकले नबिल बैंकलाई जित्यो !

Artha Sarokar

१८ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय निकै एग्रेसिभ मुभ लिईरहेको एनआइसी एशिया बैंकको सेयर नेपाली सेयर बजारमा बाणिज्य बैंकहरुमध्ये सबैभन्दा महँगो सेयर भएको छ । नबिल बैंकको सेयर मूल्यलाई जित्दै एनआईसी एशिया बैंकको सेयर बाणिज्य बैंकहरुमध्येकै महँगो सेयर भएको हो ।

यस अघि नबिल बैंक लिमिटेडको सेयरमूल्य बाणिज्य बैंकहरुमध्येकै सबैभन्दा महँगो सेयर बन्न सफल भएको थियो । अव नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंकमध्येबाट सेयर किन्दा एनआईसी एशिया बैंकको सेयरमा सबैभन्दा बढी मूल्य हाल्नुपर्ने भएको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ रहेको छ भने एनआइसीको ७६५ रुपैयाँ रहेको छ । अर्थात सोमबारकै आंकडा हेर्ने हो भने एनआईसी एशियाको सेयर मूल्य नबिल बैंकभन्दा ३० रुपैयाँले बढी छ ।

नबिल बैंक लिमिटेडले हरेक बर्ष सेयरधनीलाई राम्रो लाभांश दिए पनि एनआईसी एशिया बैंकले बिगत दुई बर्षदेखि सेयरधनीलाई लाभांश दिएको छैन । दुई बर्षदेखिको लाभांशवापतको रकम अर्को बर्ष लाभांशको रुपमा बम्पर लाभांश बाँड्ने संकेत देखिएपछि सेयर लगानीकर्ताहरु एनआईसी एशिया बैंकको सेयरमा झुम्मिएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी