×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: व्यवसायीका अगाडी झुक्यो राष्ट्र बैंक, ‘अहिलेका गभर्नर नै हट्ने’ म्याद दिइयो, कहिल्यै लागु नहुने सम्भावना !

PRIME CA
GLOBAL IME BANK

अन्तत: व्यवसायीका अगाडी झुक्यो राष्ट्र बैंक, ‘अहिलेका गभर्नर नै हट्ने’ म्याद दिइयो, कहिल्यै लागु नहुने सम्भावना !

२० पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । अन्तत: व्यवसायीको राजनीतिक लविङका अगाडी राष्ट्र बैंकले घुंडा टेकेको छ ।  व्यवसायीले राजनीतिक लविङ गरेपछि चालुपूँजी कर्जा सम्बन्धि मार्गदर्शन संसोधन गरेर राष्ट्र बैंकले व्यवसायीको लविङ अगाडी घुँडा टेकेको हो । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन भएको जानकारी गराएको हो ।

राष्ट्र बैंकले सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन गरेको छ । जवकी २०८२ सालमा अरु नै कोहि गभर्नर बनेर आउनेछन् र यो कर्जा निर्देशिका अव कहिल्यै पनि लागु नहुने देखिएको छ ।

व्यवसायीहरुले जसो जसो भने, त्यसै अनुसार राष्ट्र बैंकले सो निर्देशिका संसोधन गरेको छ ।

उक्त मार्गदर्शन राष्ट्र बैंकले कात्तिक १ गतेदेखि कार्यान्वयनमा आएको थियो । अर्थमन्त्री जनार्दन शर्मा हुँदा १ अक्षर पनि परिवर्तन गर्न नमानेको राष्ट्र बैंक अन्तत युटर्न भएको छ ।

के के भए मुख्य परिवर्तन ?

१. रु.१ करोड सम्मको चालूपुँजी कर्जामा कारोबार वा बिक्रीको २०% वा ४०% को अधिकतम सिमा नलाग्ने । बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने।

२.रु.१ करोड देखि रु. २ करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमालाई ४०% को अधिकतम सिमा बनाईयो। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने।
३. रु २ करोड भन्दा बढि चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमा fluctuating working capital को लागी यथावत । Permanent working capital का लागि कम्तिमा ५ बर्षको कर्जा प्रवाह गर्नुपर्ने नियमलाई ३ देखि १० बर्षको बनाईयो  ।
४. चालु पूँजीको आवधिक सिमा निर्धारण गर्दा ५ बर्षको अनुमानित विवरण को सट्टा ३ बर्षको वित्तीय बिवरण बिष्लेषण गर्ने गरी परिमार्जन गरियो । लेखापरीक्षण गरिएको ३ बर्षको विवरण यथावत ।
५. ५ करोड भन्दा बढि चालु पुजी कर्जा उपभोग गर्ने ऋणीले चालु सम्पत्ति तथा दायित्वको मासिक विवरण पेश गर्नुपर्नेलाई त्रैमासिक र आन्तरिक लेखापरीक्षण गरेको विवरण त्रैमासिक पेश गर्नुपर्नेलाई अर्धबार्षिक बनाईयो ।
६. कर्जा अधिकारीले चालू पूजी प्रमाणित गरि राख्नुपर्नेलाई विश्लेषण गरी राख्नुपर्ने अनी एकिन गर्नुपर्नेलाई निरिक्षण गर्नुपर्ने गरि व्यवहारिक बनाईयो ।
७. एक पटक भन्दा बढी adhoc basis मा कर्जा आवश्यकता परेमा बैकको संचालक समितिबाट निर्णय गराई दिन सकिने व्यवस्था थप।
८.प्रत्येक त्रयमासमा अन्तिम महिनामा थप कर्जा सिमा प्रदान गर्न नपाईने तर नविकरण गर्न बाधा नपर्ने ।
९. २०७९/०७/०१ भन्दा पुर्व प्रदान गरिएको चालुपूँजी कर्जा पहिलोपटक पुनरावलोकन वा नवीकरण गर्दा fluctuating र permanent working capital मा बर्गिकरण गर्दा पुनर्तालिकीकरण वा पुनर्संरचनामा गणना नगरिने ।
१०.२०७९/०७/०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुजी कर्जा पौष मसान्त २०७९ बाट आधार लीई ६,६ महिनामा १०%, २०%, २०%, २०%, ३०% गरी २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी आवधिक कर्जा शिर्षकमा परिवर्तन गरी चुक्ता गर्न पाईने।
संशोधनको पूर्णपाठ यहाँ हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: