Skip to content
LAXMI SUNRISE BANK

एनटिसीको सिष्टम डाउन, मर्कामा प्रयोगकर्ता, फाइदामा एनसेल !

अर्थ सरोकार

काठमाडौं । मंगलबार नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मंगलबार मध्यान्हदेखि अचानक टेलिकमको नेटवर्कमा समस्या देखिएको हो ।

नेटवर्कमा समस्या देखिएसँगै नेपाल टेलिकमको नेटवर्कमा फोन तथा एसएमएस पठाउने काम अवरुद्ध भएको छ । पूर्वसूचनाबिना नेटवर्कमा समस्या देखिँदा नेपाल टेलिकमका युजरहरु समस्यामा परेका छन् ।

नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमको ल्याण्ड लाइन सेवामा समेत समस्या देखिएको छ । ‘फोन गर्दागर्दै अचानक फोन काटियो, त्यसपछि न फोन लाग्छ न त कम्प्युटर नै बोल्छ’, एक ग्राहकले अर्थ सरोकारसँग भने, ‘सूचनाबिना सेवा अवरुद्ध हुँदा मर्कामा परियो । अर्जेन्ट कल पनि गर्न सकिएको छैन ।’

सेवा अवरुद्ध बाहेक हालसम्म टेलिकमबाट समस्याबारे कुनै पनि आधिकारिक जानकारी आएको छैन ।

यता नेपाल टेलिकमको सिस्टम डाउन भएपछि एनसेलको प्रयोग बढेको छ । देशभर एकैचोटि बिना सूचना नेटवर्कमा समस्या भएर सेवा अवरुद्द भएपछि एनसेलका युजर बढेका हुन् ।  यसले एनसेललाई फाइदा हुने देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK