काठमाडौं । सहज तथा झटपट यात्राका लागि काठमाडौंमा पठाओ र इनड्राइभजस्ता राइडसेयरिङ गर्नेहरु छ्यापछ्याप्ती भेटिन्छन् । मोबाइल एप डाउनलोड गरेर आफ्नो राइडर सेलेक्ट गर्ने बित्तिकै रिसिभ गर्नेहरु घरमै पुग्छन् । एक क्लिकमै गेटमै सवारी आउने भएपछि पछिल्लो समय यस्ता राइड सेयरिङ एप प्रयोग गर्नेहरु पनि बढेका छन् ।
तर, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडामा यात्रु ओसारपसार गर्ने निजी सवारीसाधनलाई कार्वाही गर्न माग गरेको छ । निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेपछि सार्वजनिक यातायात सेवा धरासायी बन्दै गएको भन्दै महासंघले यस्ता सवारीसाधनलाई कार्वाहीको माग गरेको हो ।
‘निजी सवारी साधनले भाडामा यात्रु बोक्न पाउँदैनन्, यो सवारी तथा यातायात व्यवस्था ऐन विपरित हो’, महासंघका अध्यक्ष डोलनाथ खनालले भने, ‘यसरी कानुन विपरित निजी सवारी साधनले यात्रु ओसारपसार गर्दा सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ, त्यसैले यस्ता सवारी साधनको पहिचान गरी आवश्यक कार्वाही गरिनुपर्छ ।’
‘निजी प्रयोजनका निम्ती दर्ता भएका अधिकांश सवारीसाधनहरुले कानुन विपरित भाडा लिई यात्रु ओसापसार गर्न प्रयोग गरेको हुँदा यस्ता सवारीसाधनको अनुगमन गरी कार्वाही गर्न र यात्रु ओसापसारमा रोक लगाइदिनहुन अनुरोध छ ।’– महासंघको पत्रमा उल्लेख गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्