काठमाडौं । जबरजस्ती करणी मुद्धामा कलाकार पूर्णविक्रम (पल) शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला अदालत तनहुँले दाबी नपुगेको ठहर गर्दै शाहलाई सफाई दिएको हो ।
अदालतले सफाई दिए पनि उनी जेलमुक्त हुने छैनन् । उनलाई नवलपुर अदालतले यसअघि साढे २ वर्ष कैद सजाय गरेको छ । गत चैतदेखि उनी थुनामा छन् ।
नाबालिक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँ अदालतमा प्रहरीले मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत तनहुँका न्यायाधीश कोमल प्रसाद आचार्यको एकल इजलासले उनलाई मंगलबार सफाई दिएको हो ।