काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउने ३२ जनाको शव निकालिएको छ ।
आइतबार काठमाडौंबाठ ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एन एएनसी एटीआर सेती दोभानमा दुर्घटना भएको थियो ।
दुर्घटना भएको ठाउँबाट हालसम्म ३२ जनाको शव निकालिएको उद्धारमा खटिएका सुरक्षा स्रोतले जनाएको छ ।
जहाज पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा खसेको थियो ।