Skip to content
LAXMI SUNRISE BANK

विमान दुर्घटनामा मृत्यु भएकाको शव भोली परिवारलाई बुझाइने

अर्थ सरोकार

काठमाडौं । पोखरामा भएको यति एयरको दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव भोली (सोमबार) परिवालाई बुझाइने भएको छ ।

जिल्ला प्रशासन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार संकलन भएका शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने छ । ‘शवको पहिचान गरी शव भोलीमात्रै मृतकका परिवारलाई बुझाइने छ’, उनले भने, ‘मृत्यु भएको केहीको शव पहिभचान भए पनि अधिकांशको शव पहिचान हुन बाँकी छ ।’

उनका अनुसार पहिचान नभएका शवको डीएनए परिक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोली नै परिक्षणका लागि काठमाडौं पठाइने छ ।

आइतबार बिहान काठमाडौंदेखि चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK