काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज (सोमबार) आफन्तलाई बुझाइने भएको छ ।
मृत्यु पुष्टी भएका ६८ जनामध्ये पहिचान भएका शव आवश्यक पक्रिया पूरा गरी आफन्तलाई बुझाउने तयारी गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
पहिचान भएका शव बिहान ९ बजेदेखि आफन्तलाई बुझाउन सुरु गरिनेछ । पहिचान नभएका, विदेशी नागरिक र काठमाडौंमा आफन्त भएका व्यक्तिको शव भने हेलिकप्टरमार्फत पठाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताएका छन् ।
आइतबार काठमाडौंबाट चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुसहित विमान पोखरा उडेको थियो । सेतीको खोँचमा विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु पुष्टी भईसकेको छ भने केही अझै फेला परेका छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्