×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमान दुर्घटना जाँच आयोगले पायो ‘ब्ल्याक बस्क’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विमान दुर्घटना जाँच आयोगले पायो ‘ब्ल्याक बस्क’

Artha Sarokar

२ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइतबार । पोखरामा भएको यति एयरको विमान दुर्घटनाको छानबिन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’ले विमानको ‘ब्ल्याक बस्क’ फेला पारेको छ ।

सोमबारदेखि छानबिनको काम सुरु गरेको आयोगले विमानको ‘ब्ल्याक बक्स’ हात पारेको हो । विमान दुर्घटनाको कारण पत्ता लगाउन ‘ब्ल्याक बक्स’को भूमिका महत्वपूर्ण रहने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

क्यानका प्रवक्ता निरौलाका अनुसार ‘ब्ल्याक बक्स’मा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । ककपिटमा पाइलटबीच भएको सम्पूर्ण कुराकानी ‘ब्ल्याक बक्स’मा रेकर्ड रहने भएकाले दुर्घटनाको कारण पत्ता लगाउन ‘ब्ल्याक बक्स’ महत्वपूर्ण मानिने निरौलाको भनाई छ ।

आइतबार भएको विमान दुर्घटनाको छानविन गर्न सरकारले पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । जसको संयोजन पूर्व सचिव नागेन्द्र घिमिरेले गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी