Skip to content
LAXMI SUNRISE BANK

यति विमान दुर्घटना अपडेटः ७० जनाको शव भेटियो, २ जनाको अवस्था अज्ञात, खोजी कार्यमा ड्रोनको प्रयोग गरिने

अर्थ सरोकार

काठमाडौं । पोखरामा यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका ७० जनाको शव फेला परेको छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको सो विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार रहेका थिए । जसमध्ये हालसम्म ७० जनाको शव फेला परेको छ भने थप २ जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिएका छन् ।

सहायक प्रजिअ शाहीका अनुसार दुर्घटनाको तेस्रो दिन (मंगलबार)बिहानैदेखि सम्पर्कबिहीन रहेकाको खोजी कार्य सुरु गरिएको छ ।

सम्पर्कबिहीन रहेक यात्रुको खोजीकार्यमा आज गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिनेछ । आइतबार बिहान सो विमान सेती नदी खोँचमा दुर्घटना भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK