Skip to content
LAXMI SUNRISE BANK

‘माथिबाटै जहाज बत्तिदै आयो, बस्ती जोगियो तर खोंचमा खस्यो’

अर्थ सरोकार

काठमाडौं । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज सेती खोंचमा दुर्घटना भयो । चालक दलका चार जनासहित ६८ जना यात्रु बोकेर उडेको जहाज पोखरामा पुरानो विमानस्थलपछाडी घना बस्तीको बीचमा रहेको खोँचमा खस्यो ।

विमान दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार विमान आकाशमै अनियन्त्रितजस्तो देखिन्थ्यो । ‘यो भन्दा अघि यसरी जहाज उडेको देखेका थिएनौँ, आकाशमै जहाज बत्तिएको थियो ।’, प्रत्यक्षदर्शी एकजनाले भने, ‘सुरुमा त बस्तीमाथि नै जहाज बज्रिन्छ जस्तो थियो, तर जहाज खोँचमा गएर खस्यो ।’

प्रत्यक्षदर्शी र उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार पनि पाइलटले जहाज दुर्घटनामा पर्ने निश्चितजस्तो भएपछि बस्ती जोगाउन जहाज सेती नदी खोँचमा लगेको जस्तो देखिएको बताएका छन् ।

दुर्घटनाग्रस्त जहाजमा ४१ जना महिला र २७ जना पुरुष रहेका छन् । जसमध्ये ११ जना विदेशी नागरिक र ३ जना बालबालिका रहेका छन् । हालसम्म प्राप्त अपडेट अनुसार ३२ जनाको शव गण्डकी अस्पताल लगिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK