×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Big Merger : अव कतै देखिने छैनन् सेञ्चुरी कमर्सियल बैंकका बोर्ड, १ मा १ जोड्दा ३ हुनेहुनेतर्फ प्रभु बैंकको जोड !

अर्थ सरोकार

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार

PRIME CA

Big Merger : अव कतै देखिने छैनन् सेञ्चुरी कमर्सियल बैंकका बोर्ड, १ मा १ जोड्दा ३ हुनेहुनेतर्फ प्रभु बैंकको जोड !

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरेपछि आजदेखि प्रभु र सेञ्चुरीको एकिकृत कारोबार सुरु हुने भएको छ । दुई बैंक एक भएपछि ‘प्रभु बैंक’ को नाममा एकीकृत कारोबार हुने भएको हो ।
पुस १७ गते दुवै बैंकलाई राष्ट्र बैंकले मर्जरलाई अन्तिम स्वीकृति दिएको थियो ।
मर्जरपछि मर्जपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा मनोज न्यौपाने हुनेछन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहने छन् ।
मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।
मर्जरपछि बैंक अझ शसक्त हुने प्रभुको दाबी छ । दुई बैंक एक भएसँगै ‘सिनर्जी’सहित अगाडी बढ्नेमा प्रभु बैंकको जोड रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: