×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकबाट बिदा हुँदै सीईओ प्रविण बस्नेत, केही दिनपछि बिदामा बस्दै !

PRIME CA

कामना सेवा विकास बैंकबाट बिदा हुँदै सीईओ प्रविण बस्नेत, केही दिनपछि बिदामा बस्दै !

२० पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत बैंकबाट बिदा हुने भएका छन् । आफ्नो कार्यकाल सकिएसँगै उनी बैंकबाट बिदा हुने भएका हुन् ।

केही दिनपछि उनी बिदामा बस्नेछन् । २०७५ मंसिर ८ गतेदेखि लागु हुनेगरी उनी चार वर्षका लागि कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।

१८ वर्ष लामो बैंकिङ कार्य अनुभव बटुलेका बस्नेतले कामना सेवा विकास बैंक आउनुपूर्व नबिल बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक र माछापुच्छ्रे बैंकमा समेत काम गरिसकेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: