×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री र गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने- ‘अर्थतन्त्र सुधार्नुपर्यो, ब्याज घटाउनुपर्यो, समस्या सुल्झाउनुपर्यो’

PRIME CA
GLOBAL IME BANK

अर्थमन्त्री र गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने- ‘अर्थतन्त्र सुधार्नुपर्यो, ब्याज घटाउनुपर्यो, समस्या सुल्झाउनुपर्यो’

२० पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर अर्थतन्त्र सुधार्न गर्नुपर्ने आवश्यक काम अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले वर्तमान अर्थतन्त्रको अवस्थामा अर्थमन्त्रीसँग छलफल गरेका थिए भने बैंकिङ क्षेत्रमा देखिएका समस्यालाईसमेत समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री दाहालले ब्याजदर घटाउन र तरलताको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन् । मौद्रिक नीतिमा सुधार गर्नुपर्ने उनको भनाई थियो ।

छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेकोसमेत बताएका थिए ।

छलफलका क्रममा प्रचण्डले सेयर बजारका विषयमा पनि चासो लिएका थिए । अन्तिममा उनले अर्थतन्त्र सुध्रिनुपर्ने, ब्याज घट्नुपर्ने र व्यवसायीका समस्या समाधान हुनुपर्ने आफ्नो निष्कर्ष भएको बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: