×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पूँजीबजारमा सकारात्मकता देखिएको छ, गभर्नरसँग निरन्तर छलफलमा छु, गतिशील अर्थतन्त्रका लागि सरकार प्रतिबद्ध छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘पूँजीबजारमा सकारात्मकता देखिएको छ, गभर्नरसँग निरन्तर छलफलमा छु, गतिशील अर्थतन्त्रका लागि सरकार प्रतिबद्ध छ’

Artha Sarokar

२५ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकिकृत कारोबार सुभारम्भमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार देशको अर्थतन्त्रप्रति गम्भीर भएकै कारण मन्त्रीपरिषदको पहिलो निर्णयमा नै अर्थतन्त्रसम्बन्धि निर्णय गरेको दाबी गरेका छन् ।
उनले आफु गभर्नरसँग आफु निरन्तर छलफलमा रहेकोसमेत दाबी गरे । उनले बैंकका अध्यक्ष चन्द्र ढकाल र आफ्नो राजनीतिक जीवन उस्तै उस्तै रहेकोसमेत बताएका छन् ।

देशकै सबैभन्दा ठुलो बैंक बन्न सफल ग्लोबल आईएमई बैंकले हालसम्म कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु आफुमा गाभिसकेको छ । जसमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी  छन्।

बैंक अफ काठमाण्डुसँगको मर्जरपछि बैंकको बैंकको कूल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब र कूल कर्जा ३७९ अर्ब भन्दा बढी भएको छ । यसको अर्थ, ग्लोबल आईएमई बैंक अव देशकै सबैभन्दा ठुलो बैंक बनेको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन् । सीइओका रुपमा रत्नराज बज्राचार्यले बैंकको नेतृत्व लिनेछन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहक हुनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी