×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्ड र मेयर शाहबीच भेटवार्ता, काठमाडौंको सौन्दर्यीकरण र विकासका सवालमा सकारात्मक देखिए प्रचण्ड

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री प्रचण्ड र मेयर शाहबीच भेटवार्ता, काठमाडौंको सौन्दर्यीकरण र विकासका सवालमा सकारात्मक देखिए प्रचण्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार महानगरमा विकास निर्माणको कामलाई गति दिने विषयमा प्रधानमन्त्री दाहाल र मेयर शाहबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा मेयर शाहले प्रधानमन्त्रीसमक्ष महानगरको विकाससम्बन्धी प्रस्ताव राखेका थिए ।

काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई गति दिने मेयर शाहको प्रस्वावमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको प्रधानमन्त्री निकट एक नेताले बताएका छन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो समेत व्यक्त गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: