×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चर्को ब्याजदर विरुद्ध सडकमा उत्रिए व्यवसायी…(फोटो-कथा)

काठमाडौं । काठमाडौंमा बैंकको चर्को ब्याजदरका विरुद्धमा व्यवसायीहरु सडकमा उत्रिएका छन् । बैंकको ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

सोमबार ‘बैंकको आतंक बन्द गर’, ‘ब्याजदर घटाउ, गरि खान देउ’, ‘बैंकको ब्याजदर एक अंकमा ल्याउँ’ लगायतका नारासहित उद्योगी व्यवसायीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

सरकारले उद्योगी व्यवसायीहरुप्रति विभेदपूर्ण व्यवहार गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । सोही अनुसार बैंकहरुको ब्याज आतंकलाई प्रसय दिने गरी राष्ट्र बैंकले नीति लिएको बताउँदै ब्याजदर एक अंकमा कायम गर्न उनीहरुले माग गरेका छन् ।

प्रदर्शनका क्रममा उद्योगी व्यवसायीहरुले प्रेमप्रसाद आचार्यको आत्महत्याको कारण सरकारको नीति र विभेदपूर्ण व्यवहार भएको भन्दै मर्नुअघि उनले राखेका मागहरु सम्बोधन गर्न समेत दबाब दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: