काठमाडौं । ‘देशमै केही गर्छु, म मेरो श्रम स्वदेशमै बेच्छु’ भन्दै अरुलाई पनि ‘विदेश नजाओ, गएका छौ भने फर्केर आउ, यहीँ क्रान्ती गरौँ’ भन्ने प्रेम प्रसाद आचार्य ‘यो देश गरिखानेका लागि रहेनछ’ भन्दै देशमात्र होइन, यो संसारबाटै बिदा भए ।
एकजना प्रेमप्रसाद मात्र होइन, सिंङ्गो देश र देशबासीको प्रतिनिधित्व गर्दै उनले आफ्नै शरिरमा आगो लगाए र उपचारका क्रममा उनको कीर्तिपूर अस्पतालमा निधन भयो । तर, उनको निधन फगत निधन मात्रै थिएन, बरु क्रान्तीको सुरुवात पनि थियो । उनले ‘आत्मदाह’ गर्नुपूर्व लेखेको ‘स्टाटस’मा प्रस्ट देखिन्थ्यो उनको यो निर्णय हिजोको परिणाम थियो र राज्यप्रतिको वितृष्णा ।
भलै प्रेमले आफ्नो शरीर जलाए, सँगै उनले देशमा नयाँ क्रान्तीकोसमेत सुरुवात गरे । र उनै प्रेमको न्याय र उनले देखाएको क्रान्तीको बाटोमा आज हजारौँ देशबासीहरु उत्रिएका छन् । बुधबार काठमाडौंको माइतीघरमा युवाहरुको ठूलो भीडले सरकारसँग प्रेमप्रसादले गरेको आत्महत्याको जवाफ माग्यो । माइतीघरदेखि र्यालीसहित निस्किएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा ‘यो आत्महत्या होइन हत्या हो’, ‘अर्को जल्दो शरिर मेरो नहोस्’, ‘यो देश हो कि बधशाला ?’, ‘स्व. प्रेमप्रसाद आचार्यका २५ बुँदे माग पुरा गर’ लगायतका पर्चा पम्प्लेटसहित प्रदर्शन गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्