काठमाडौं । मंगलबार आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । आचार्यको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको हो ।
इलाम पञ्चकन्याका आचार्यले मंगलबार बानेश्वरस्थित संसद भवन अगाडी आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै उनले आत्मदाहको प्रयास गरेका थिए । तर, प्रहरीलगायत स्थानीयले उद्धार गरी उनलाई उपचारका लागि अस्पताल लगेका थिए ।
उपचारको क्रममा उनको निधन भएको हो ।