×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाहवंशीय राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण, शङ्ख ध्वनीले गुञ्जायमान बन्यो सिंह दरबारको पश्चिम गेट

PRIME CA
GLOBAL IME BANK

शाहवंशीय राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण, शङ्ख ध्वनीले गुञ्जायमान बन्यो सिंह दरबारको पश्चिम गेट

२७ पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौंमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेकी छन् ।

पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा राष्ट्रपति भण्डारीले पुष्पहार एवं माल्यार्पण गरेकी हुन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजलगायतको सहभागिता रहेको थियो । जयन्तीका अवसरमा बाजागाजा, शङ्ख, घण्ट ध्वनिले पश्चिम मूलढोकाअघिको क्षेत्र गुञ्जायमान भएको थियो । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: