×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायीलाई भेट्दै गृहमन्त्री रवि लामिछानेले भने- ‘सकेजति पैसा कमाउनुस्, हामी तपाईहरुलाई ‘रेड-कार्पेट’ले स्वागत गर्छौं’

PRIME CA
GLOBAL IME BANK

व्यवसायीलाई भेट्दै गृहमन्त्री रवि लामिछानेले भने- ‘सकेजति पैसा कमाउनुस्, हामी तपाईहरुलाई ‘रेड-कार्पेट’ले स्वागत गर्छौं’

२० पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई स्वच्छ प्रतिष्पर्धामार्फत सकेजति पैसा कमाउन आह्वान गरेका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग भेटवार्ता गर्दै गृहमन्त्री लामिछानेले मुलुकको राजस्वसँगै आफ्नो व्यवसाय वृद्धि गर्दै सकेजति पैसा कमाउन आह्वान गरेका हुन् ।

‘पैसा कमाउनुपर्छ तपाईहरुले । राज्यले जति धेरै कमायो, स्वस्थ र स्वच्छ प्रतिष्पर्धा गरेर तपाईहरुले पनि कमाउनुस् ।’ गृहमन्त्री लामिछानेले भने, ‘व्यापारी-व्यवसायीको उन्नती हुँदा नै मुलुकको उन्नती हुने हो ।’

त्यस्तै, गृहमन्त्री लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘यसअघि के-कस्ता निर्णय भए ? के-कस्तो आँखाले हेरियो थाहा छैन । तर, तपाईहरुलाई हाम्रो तर्फबाट रेड कार्पेट छ’, उनले भने, ‘तपाईहरुको सुरक्षा र उन्नतीको लागि गर्नुपर्ने कुराहरुमा हामी कुनै पनि किसिमले चुक्दैनौँ । र एउटा स्पेशल युनिट खडा हुन्छ जसले तपाईहरुलाई मन्त्रालय-मन्त्रालय धाउने दिनको अन्त्य गर्नेछ ।’

गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले पैसा कमाउनु नै अपराध गर्नुजस्तो भएको भन्दै त्यस्तो परिपाटीको अन्त्य गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: