×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछाने प्रक्रिया पुर्याएर नयाँ नागरिकता लिई पुन: चितवनबाटै उपनिर्वाचन लड्ने, फेरी सांसद बन्ने सम्भावना !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रवि लामिछाने प्रक्रिया पुर्याएर नयाँ नागरिकता लिई पुन: चितवनबाटै उपनिर्वाचन लड्ने, फेरी सांसद बन्ने सम्भावना !

Artha Sarokar

१३ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रवि लामिछानेले केहि दिनभित्रै प्रक्रिया पुर्याएर नागरिकता लिई पुन: चितवनमा हुने उपनिर्वाचन लड्ने भएका छन् । रविको सांसद पद खारेज भएसँगै चितवनमा हुने उप निर्वाचनमा नियमानुसार नागरिकता लिएर लामिछाने नै पुन: चितवनबाट निर्वाचन लड्ने भएका हुन् । रास्वपाका एक नेताले बताए अनुसार आकस्मिक रुपमा भएको सल्लाह अनुसार रवि लामिछाने पुन: चितवनबाटै निर्वाचन लड्ने भएका हुन् ।
पूरानो नागरिकता हाललाई कायम नरहेको फैसला अदालतले सुनाएसँगै लामिछानेको संसद पद खारेज भएको छ ।
कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । अव त्यहाँ पुन: निर्वाचन हुनेछ ।  उनी उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् ।
लामिछानेले यसअघि नै अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेकाले तत्काल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर नेपाली नागरिकताको प्रमाणपत्र लिने बाटो कायम छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी