काठमाडौं । रवि लामिछानेले वैधानिक रुपमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
नागरिकता वैधानिक बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका लामिछानेले २०५० साल सालमा लिएको नागरिकता नम्बर नै उल्लेख गएको नागरिकता पाएका हुन् । नागकिरता नयाँ भए पनि नागरिकता नम्बर भने पुरानै भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायत प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।
त्यसलगत्तै आफू अनागरिक भएको प्रतिक्रिया दिएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकता लिएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्