×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बिग मर्जरमा रिस्क छ, तर पनि हामी अघि बढ्छौँ, प्रभु र सेञ्चुरीबीचको मर्जर बैंकिङ क्षेत्रकै कोशेढुंगा सावित’ : राजेश श्रेष्ठ

अर्थ सरोकार

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार

PRIME CA

‘बिग मर्जरमा रिस्क छ, तर पनि हामी अघि बढ्छौँ, प्रभु र सेञ्चुरीबीचको मर्जर बैंकिङ क्षेत्रकै कोशेढुंगा सावित’ : राजेश श्रेष्ठ

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश कुमार श्रेष्ठले सेञ्चुरी र प्रभु बैंकको मर्जरले सबै कर्मचारी तथा दुवै बैंकको नेतृत्व खुसी भएको दाबी गरेका छन् । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई  प्रभु बैंकले प्राप्ति गरेपछि सुरु गरिएको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन् । उनले मर्जरका क्रममा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

श्रेष्ठले बिग मर्जरमा रिस्क  भए पनि त्यसलाई बैंकले सहज रुपमा लिएर अगाडी बढ्ने बताएका छन् । आगामी दिनमा देखिने हरेक खालका चुनौतीका लागि बैंक तयार रहेको दाबीसमेत उनले गरेका छन् । ‘बिग मर्जरमा रिस्क हुन्छ । तर त्यसलाई हामीले सहज रुपमा लिएर अगाडी बढ्नेछौं । प्रभु बैंक र सेञ्चुरीबीचको प्राप्ति प्रक्रिया बैंकिङ क्षेत्रकै कोशेढुंगा सावित हुनेछ ।’
यता सो कार्यक्रममा बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकका ग्राहकहरुलाई फरक सेवाको अनुभूति गराउने बताएका छन् । कार्यक्रममा बोल्दै उनले प्रभु बैंकलाई नयाँ उचाईंमा पुर्याउनेसमेत दाबी गरेका छन् ।
नेपाली बैंकिङ इतिहासमै अर्को अध्याय सुरु भएको बताउँदै उनले सफल मर्जरमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । ‘अव हामी ३५०० कर्मचारीको परिवार बनेका छौं । मर्जर प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभारी छौं ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘अर्थतन्त्र सुधार र गुणस्तरीय सेवा प्रवाह अवको हाम्रो प्रमुख लक्ष रहनेछ ।
यता कार्यक्रममा बोल्दै प्रभु बैंकका सिनियर डेपुटी सीइओ मनोज न्यौपानेले अवको दिनमा प्रभु बैंक थप सशक्त बन्ने बताएका छन् । न्यौपाने सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत हुन् ।

उनले बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेकोसमेत बताएका छन् । ‘बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेको छ । यसले बैंकलाई थप सशक्त र सुदृढ बनाउनेछ ।’ कार्यक्रममा बोल्दै उनले भने ।

उनले छोटो समयमा मर्जरमा संघाउने सबैलाई धन्यवादसमेत दिएका छन् । ‘प्रभु र सेञ्चुरी मिलेर अव प्रभु बैंक थप ठुलो बनेकोमा हामी अत्यन्तै खुसी छौं ।’ सबैलाई धन्यवाद दिंदै उनले भने- ‘यो छोटो समयमा मर्जरमा जान सघाउने सबैलाई धन्यवाद दिन चाहान्छौँ ।’

मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।

मर्जरपछि बैंक अझ शसक्त हुने प्रभुको दाबी छ । दुई बैंक एक भएसँगै ‘सिनर्जी’सहित अगाडी बढ्नेमा प्रभु बैंकको जोड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: