×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘थप जिम्मेवारी थपिएको महसुस भएको छ…’ : बज्राचार्य

अर्थ सरोकार

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार

PRIME CA

‘थप जिम्मेवारी थपिएको महसुस भएको छ…’ : बज्राचार्य

काठमाडौँ । ग्लोबल आईएमई बैंक र तत्कालीन बैंक अफ काठमाण्डुबीच मर्जरपछि एकिकृत कारोबार हुने दिन बैंकका सीइओ रत्न राज बज्राचार्यको मुहारमा फरक चमक थियो । यसै पनि सधैंजसो हँसिलो र फुर्तिलो देखिने बज्राचार्य उनी बिरलै देखिने गेटअप दौरासुरुवालमा देखिएका थिए । दुई बैंक एक बनेपछि देशकै नम्बर १ बैंक बन्न सफल ग्लोबल आईएमई बैंकमा उनी सिइओ बन्नेछन् । नेपालका बाणिज्य बैंकका सीइओहरुमध्ये सबैभन्दा जेठो भएर पनि सम्भवत: सबैभन्दा बढी फुर्तिलो सीइओका रुपमा चिनिएका बज्राचार्यलाई हामीले एकिकृत कारोबार शुभारम्भ कार्यक्रमका केहि प्रश्न सोधेका छौं । प्रस्तुत छ, सहकर्मी सुदर्शन श्रेष्ठले ग्लोबल आइएमई बैंकका सीइओ रत्नराज बज्राचार्यसँग गरेको संवाद संक्षेप :
१. अव त बैंक ठुलो भयो, ठुलो भन्दा पनि धेरै ठुलो भयो, सीइओको नाताले कस्तो अनुभूति हुनेरहेछ ?
– सीइओ भएर यो मर्जर प्रक्रियालाई हेर्दा अझ कसरी राम्रो बैंक बनाउने भन्ने जिम्मेवारी थपिएको छ । बैंकलाई थप राम्रो कसरी बनाउने भन्ने चिन्ता पनि लागिरहेको छ । तर जसरी बैंक सानोबाट यति ठुलो भयो, त्यसले हामीलाई छुट्टै ‘कन्फिडेन्स’ दिएको छ । यो बैंकलाई अझ कसरी राम्रो बनाउने भन्ने सोचिरहेको छु ।
२. मर्जरमा ग्लोबल आईएमई सार्है अगाडी देखियो, अवचाहिँ पुग्यो भन्ने छ कि नयाँ अर्को बैंक पनि मर्जरमा ल्याउने वा गाभ्ने भन्ने सोच छ ?
– अहिले त्यो सोच छैन । यो बैंकलाई कसरी राम्रो बनाउने भन्ने सोचिरहेका छौं ।
३. ‘टु बिग टु मच रिस्क अफ फेलिङ’ पनि होला कि भन्ने चिन्ता धेरैलाई छ नि ? के भन्नुहुन्छ ?
– सानो फाइनान्सबाट यहाँसम्म बैंक आईपुग्दा मानिसहरुलाई अनेक शंका उपशंका हुनु सामन्य हो । हामी जसरी काम गरिरहेका छौं र जसरी सबैको सहयोग पाईरहेका छौं, त्यस्तो अवस्था रहँदैन । ग्लोबल आईएमई बैंकले आजसम्म जसरी काम गरिरहेको छ, जस्तो संस्कृति ग्लोबल आईएमई बैंकको छ, त्यसले हामी सफलतातर्फ नै लाग्छौँ भन्ने कुरामा म ढुक्क छु ।
४. पोष्ट मर्जरमा कुनै समस्या देखिन्छ कि ?
– केहि समस्या नहुनेगरी काम गर्छौँ । ग्लोबल आईएमई बैंक सबैभन्दा ठुलो बैंकमात्र होइन, सबैहिसाबले सबैभन्दा राम्रो बैंक पनि सावित हुनेछ ।
५. यो उमेरमा पनि यतिको फुर्तिलो हुनुहुन्छ, अझै राम्रो बैंक बनाउँछु भनिरहनुभएको छ, यस्तो जोश कहाँबाट आउँछ ?
– लौ ! मलाई के भएको छ र ? काममा बुढो, तन्नेरी भन्ने हुँदैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: