×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुस-युक्रेन युद्धः रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा गोलाबारी बढायो, युद्धभूमीमा तैनाथ युक्रेनले ठूलो क्षति बेहोर्दै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

रुस-युक्रेन युद्धः रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा गोलाबारी बढायो, युद्धभूमीमा तैनाथ युक्रेनले ठूलो क्षति बेहोर्दै !

काठमाडौं । निकै लामो समयदेखि चलिरहेको रसिया–युक्रेन युद्ध कहिले थामिएला ? सम्भवत यो सबैको चासो र चिन्ताको विषय हुनसक्छ तर पछिल्ला दिनहरुमा पनि यी दुई देशबीचको युद्ध मत्थर हुने भने कुनै संकेत देखिएको छैन । बरु रुसले ड्रोनबाट औद्योगिक क्षेत्रमा मुख्य फ्रन्ट लाइन बाहिर युक्रेनको पूर्वी क्षेत्रहरुमा गोलाबारी बढाएको छ ।

युक्रेनमाथि रुसी सेनाको लगातारको गोलाबारीले युक्रेनले भौतिक रुपमा ठूलो क्षति बेहोर्नु परेको छ । भौतिक क्षतिसँगै मानविय क्षतिसमेत बेहोरेको युक्रेनको दैनिकी दिनप्रतिदिन कष्ठकर बन्दै गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनले युद्धका लागि आवश्यकता अनुसार बाह्य सहयोग जुटाउन सकेको छैन ।

यी दुई देशबीचको युद्धले यी दुई देशमात्र होइन समग्र विश्व नै आर्थिक संकटमा देखिएको छ । र हामीले यी दुई देशबीच चलिरहेको भयानक युद्धलाई एजेन्सीको सहयोगमा तस्विरमा समेट्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: