×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अघिल्लो बुलमा के नबुझ्दा / नजान्दा धेरै सेयर लगानीकर्ताहरु फसे ? बियरिस सकिएको हो ?’ (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । एनआईबीएल एस क्यापिटलका डेपुटी जनरल मेनेजरसमेत रहेका सचिन्द्र ढुंगानाले अव सेयर बजार धेरै घट्ने ठाउँ नरहेको दाबी गरेका छन् । अर्थ सरोकार डटकमको प्रस्तुती साप्ताहिक टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले यस्तो बताएका हुन् । चरम बियरिस सकिएकाले अव बजार धेरै घट्ने ठाउँ नरहेको उनको दाबी छ । १८०६ हाराहारीको बिन्दु नै बटम हो त ? भन्ने प्रसङ्गमा उनले यस्तो दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले म्युचुअल फण्डको लगानी फाइदाको लगानी भएको दाबीसमेत गरे । अहिले एनआईबिएल एस क्यापिटलले ल्याएको म्युचुअल फण्डको सबैभन्दा ठुलो आईपीओ एनआईबिएल ग्रोथ फण्डमा गरिने लगानी फाइदाजनक भएको दाबी गर्दै उनले यस्ता म्युचुअल फण्डले राम्रो रिटर्न दिने र एनआईबिएल एस क्यापिटलले पनि बार्षिक २० प्रतिशत रिटर्न दिन सक्ने दाबी गरेका छन् । उनले म्युचुअल फण्डको लगानी नजानेकाहरुका लागि मात्र होइन, पेशागत रुपमा अन्य काममा लागेका र सेयर बजारबाट रिटर्न खोज्नेहरुका लागिसमेत भएको दाबी गरेका छन् ।
एक फरक प्रसङ्गमा उनले एसआईपीका फाइदाहरुका बारेमा पनि बोलेका छन् । सिष्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)का लागि एनआईबिएल एस क्यापिटल निकै लोकप्रिय बनेको अवस्थामा यसै विषयमा सोधिएको प्रश्नमा उनले यस विषयमा थप प्रकाशसमेत पारेका छन् ।
म्युचुअल फण्डका बारेमा चलेका विभिन्न भ्रम र त्यसका यथार्थताका बारेमा उनले बोलेका छन् । बाँकी भिडियोमा हेर्नुहोस्
मार्केट टक टेलिभिजन कार्यक्रम स्पेस फोके टेलिभिजनमा हरेक शुक्रबार बेलुकी ९ बजे प्रशारण हुन्छ भने त्यसपछि अर्थ सरोकार डटकममा प्रशारण हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: