×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शालीनदीमा ‘फेक-मगन्ते’हरुको हालीमुहाली, ‘ठेक्का’का पीडितका अनेक हतकण्डा, ‘रियल बेगर’ मर्कामा ! (फोटो-कथा)

काठमाडौं । ‘माग्नु’ बाध्यता हो, साँखुको शालीनदी मेलामा पनि माग्नुबाहेक विकल्प नरहेर नारकीय जीवन बिताईरहेका माग्नेहरु धेरै भेटिन्छन् । मेला सुरु भएदेखी अन्तिमसम्म पनि माग्नेहरु देखिन्छन् । अझ शालीनदी मेला पूर्ण रुपमा धार्मिक मेला भएर पनि होला यहाँ माग्नेहरुको संख्या अस्वभाविक रुपमा बढी छ ।

दान गर्दा ‘पूण्य’ कमाइन्छ वा ‘मोक्ष’ प्राप्त हुन्छ भन्ने जनआस्था भएर पनि होला शालीनदीमा माग्नेहरुको हालीमुहाली अन्य ठाउँको भन्दा बढी नै छ । सुन्दा अचम्म लाग्न सक्छ तर शालीनदीमा त्यस्ता माग्नेहरु पनि छन्, जसको ठेक्का नै माग्ने हुन्छ । उनीहरु दिनभरी माग्छन्, बेलुकी जम्मा भएको रकम ठेकेदारलाई बुझाउँछन् ।

शालीनदीमा एक महिनाभरीका लागि ठेकेदारले खटाएका यस्ता नक्कली पीडितका कारण सही अर्थमा माग्नेहरु समस्यामा परेका छन् । तर पनि यसतर्फ कसैले चासो भने दिएको देखिदैन । शालीनदीमा पुगेर दान दिने वा माग्नेहरुलाई सहयोग गर्दा पनि सचेत हुन जरुरी छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: