×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शालीनदीमा श्रृङ्गारका सामाग्रीको बिक्री बढ्यो, पुराना सामान भिडाउँदै व्यापारी, सस्तोमा पाएपछि ग्राहक मख्ख ! (फोटो-कथा)

काठमाडौं । यतिबेला साँखुको शालीनदीमा स्वस्थानीब्रतको रौनक छ । शालीनदी परिसरमा ठुलै मेला लागेको छ । भक्तजनहरुको ठूलो घुइचो छ । दिनमा लाखौँको व्यापार पनि भइरहेको छ, शालीनदी परिसरमा । तर यहिबीचमा शालीनदीमा ग्राहकहरु थुप्रै ठाउँमा ठगिएका छन् ।

‘आउनुस् हजुर आउनुस्, सस्तो-सस्तो माला छानी-छानी किन्नुस’, साँखुको शालीनदी मेलामा प्रयास सुनिने आवजमध्येको एक हो यो । यसै पनि शालीनदीमा तिर्थालु भक्तजनहरुमध्ये महिला तथा युवतीहरुको संख्या पुरुषको तुलनामा अलि बढी नै हुन्छ । त्यसैले पनि शालीनदी मेलामा महिलाहरुलाई लक्षित गर्दै राखिएका गरगहना तथा श्रृङ्गारका पसलहरु अत्याधिक नै देखिन्छन् ।

हेर्दा राम्रो देखिने सामान सस्तोमा पाएपछि यी पसलहरुमा पनि ग्राहकको भीड उस्तै छ । ग्राहकलाई सामान छान्नै मुस्किल छ भने व्यापारीलाई सामान बेच्न भ्याईनभ्याई छ ।

यसैबीच यस्ता केही व्यापारीहरु पनि छन् जसले सस्दो दाममा पुराना र गुणस्तरहीन सामान बेचिरहेका छन् शालीनदीमा । पुराना, अन्त नबिकेका, स्टकमा रहेका सामान व्यापारीहरुले नयाँ र सस्तो भन्दै ग्राहकलाई भिडाईरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: