×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शालीनदी मेला पुरोहितलाई ‘व्यापारीको बिल्ला’, बाजेलाई साहुजी भन्न मिल्ला कि नमिल्ला ? (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

शालीनदी मेला पुरोहितलाई ‘व्यापारीको बिल्ला’, बाजेलाई साहुजी भन्न मिल्ला कि नमिल्ला ? (फोटो-कथा)

काठमाडौं । पुरोहितलाई भगवानकै अर्को रुप लिने गरिन्छ । र त दान दक्षिणा लिँदा-दिँदा पनि उनीहरुको आफ्नो ‘रेट’ हुँदैन । आफ्नो दक्ष अनुसार नै गुरु दक्षिणा दिने भन्ने सिद्धान्त भएकाले पनि उनीहरुलाई कहिले पनि व्यापारीको रुपमा हेरिंदैन । तर, शालीनदीको मेलामा भने पुरोहितहरुलाई खुलेआम व्यापारी नै हुन् भन्ने शैलीमा प्रस्तुत गरिएको छ ।

उनीहरुबाट व्यवस्थापन समितिले शुल्क लिएको छ, जुन रकम भक्तजनबाट उठ्ने रकमबाटै तिर्ने हो । व्यवसायीक रुपमै कमिसन तिर्नुपर्ने भएपछि शालीनदीमा रहेका कतिपय पुरोहितले आफ्नो रेट नै तोक्न थालेका छन् । जसका कारण पुरोहित हुनुको मर्ममाथि नै प्रहार भएको तर्क जानकारहरुले गर्न थालेका छन् ।

सामान्यतया मेलामा पसल वा स्टल राख्नको लागि शुल्क तिर्नुपर्छ, अझ भनौँ आफु बसेको भाडा बुझाउनुपर्छ । त्यस्तै शालीनदीमा पनि पुरोहितहरुले आफु बसेको भाडा व्यवस्थापन समितिलाई बुझाउँदै आएका छन् । तर, यसरी पुरोहितबाट शुल्क लिनु गलत भएको एक पुरोहितले बताएका छन् । ‘हामीले धर्म गर्ने हो, व्यापार होइन’, एक पुरोहितले भने, ‘यसरी आफुले लिने दान दक्षिणाको रेट तोक्नु हुँदैन । यसबाट धर्म भन्दा बढी पाप कमाइन्छ ।’

त्यस्तै शालीनदीमै भेटिएका अर्का एक पुरोहितले यसरी दक्षिणाको रेट तोक्नु बाध्यता भएको बताएका छन् । ‘दक्षिणको रेट तोक्नु हाम्रो रहर होइन’, एक पुरोहितले भने, ‘हामीले पनि व्यवस्थापन समितिलाई केही शुल्क बुझाउनुपर्छ । त्यसैले बाध्यताले कर्म अनुसार रेट निर्धारण गर्नुपरेको हो ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: