×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शालीनदीमा देख्दै मुख रसाउने तितौरा र पाउँको व्यापार बढ्यो, युवायुवती मुख्य ग्राहक, व्यापारीलाई भ्याईनभ्याई (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शालीनदीमा देख्दै मुख रसाउने तितौरा र पाउँको व्यापार बढ्यो, युवायुवती मुख्य ग्राहक, व्यापारीलाई भ्याईनभ्याई (फोटो-कथा)

Artha Sarokar

९ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शालीनदी दर्शन गरिसकेपछि के खाने ? सामान्यता युवायुवतीमा उठ्ने स्वभाविक प्रश्न हो यो । तर, शालीनदी पुगेपछि धेरैको निष्कर्ष ‘पिरो पाउँ र तितौरा’ खाउँ भन्ने हुन्छ ।

यसै पनि पिरो र अमिलो भनेपछि युवायुवतीहरु मरिहत्ते नै गर्छन् । साँखुमा लागेको शालीनदी मेलामा पनि अधिकांश पसलहरु प्राय पिरो पाउँ र तितौराकै भेटिन्छन् । बिहानैदेखि मेलाका यी पसलहरुमा ग्राहको भीड लाग्छ । अझ भनौं पसलेलाई तितौर र पाउँ बेच्न बाहेक बोल्नसम्म फुर्सद हुँदैन ।

शालीनदी मेलाको मुख्य आकर्षण नै अहिले खुवा, पिरो पाउँ र तितौरा बनेको छ । ‘मेला घुम्न आउने अधिकांशले पाउँ र तितौरा किन्छन्’, एकजना व्यापारीले भने, ‘यतिधेरै पसलहरु छन्, तर पनि कहिलेकाहीँ ग्राहकको भीड थाम्नै गाह्रो पर्छ ।’ योसँगै शालीनदीमा पिरो पाउँ र तितौराको व्यापार ह्वात्तै बढेको व्यापारीहरु बताउँछन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी