×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गैरकानुनी काम गरेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गैरकानुनी काम गरेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

२८ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ ।

लाभांश सम्बन्धी सूचना समयमा जानकारी नगराएको भन्दै नेप्सेले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सेयर कारोबार रोक्का गरेको हो । कम्पनीले बिहीबार बिहान सञ्चालक समितिको बैठक बसी १५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।

तर, सो को जानकारी कम्पनीले दोस्रो बजारमा कारोबार सुरु भईसकेपछि मात्रै जानकारी गराएको भन्दै नेप्सेले कारोबार रोक्का गरी स्पष्टिकरण सोधेको छ ।

नेप्सेका अनुसार कम्पनीले कारोबार रोक्का भएको तीन दिनभित्रमा स्पष्टिकरण पेश गर्नुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: