×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको नाफामा सुधार, ईपीएसमा पनि झिनो बढोत्तरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सानिमा बैंकको नाफामा सुधार, ईपीएसमा पनि झिनो बढोत्तरी

Artha Sarokar

७ माघ २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा बैंक लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले गत आर्थिक वर्षको तुलनामा १९.३४ प्रतिशतले खुद नाफा बढेको जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल १ अर्ब ७ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा खुद नाफामा केही सुधार गर्दै कुल १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९६ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि ४७.१८ प्रतिशतले वृद्धि भएको छ । योसँगै बैंकको कुन सञ्चालन आम्दानी पनि २८.८१ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफामा पनि २१.४२ प्रतिशतले वृद्धि भएको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समिक्षा अवधिमा बैंकको ईपीएस १ रुपैयाँ ६६ पैसाले बढ्दै २० रुपैयाँ ६३ पैसा पुगेको छ । सोही अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ८२ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी