×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर ब्रोकरलाई शाखा खोल्न स्वीकृति नचाहिने गरी नियमावली संशोधन हुँदै, शाखा विस्तार थप सहज हुने !

PRIME CA

सेयर ब्रोकरलाई शाखा खोल्न स्वीकृति नचाहिने गरी नियमावली संशोधन हुँदै, शाखा विस्तार थप सहज हुने !

२० पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेयर दलाल कम्पनीहरुले शाखा विस्तार गर्दा अनिवार्य रुपमा नेपाल धितोपत्र बोर्डको स्वीकृति ल्याउनुपर्ने प्रावधान अब हट्ने भएको छ । शाखा विस्तारका लागि स्वीकृति नचाहिने बरु शाखा खोलेको जानकारी मात्र दिए पुग्नेगरी नियमावली संशोधन हुने भएपछि शाखा खोल्न स्वीकृति लिनुपर्ने झन्झट हट्ने भएको हो ।

अदालतले नयाँ ब्रोकरहरुको लाइसेन्स खोलिदिने संकेत देखिएपछि भएका ब्रोकरहरुले माग नै गर्नु नपर्नेगरी बोर्डले तस्तो तयारी गरेको हो ।

प्रचलित नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा ‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ’ भन्ने व्यवस्था रहेको छ । यो नियमावली संशोधन गरी ‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले शाखा कार्यालय खोल्न सक्नेछ । यसको जानकारी बोर्डमा गराउनुपर्नेछ’ भन्ने व्यवस्था राख्नेगरी नियमावली संशोधन हुन लागेको हो ।

यसअघि बोर्डको अनुनति विना शाखा विस्तार गरेको भन्दै विभिन्न ब्रोकर कम्पनीलाई बोर्डले कार्वाही गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: