Skip to content
LAXMI SUNRISE BANK

गैरकानुनी काम गर्ने तीन दलाल कम्पनीलाई धितोपत्र बोर्डको कार्वाही, केयर रेटिङसँग स्पष्टीकरण माग

अर्थ सरोकार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई कार्वाही गरेको छ । समयमा प्रतिवेदन पेश नगरेको भन्दै बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशुल सेक्युरिटिजलाई नगद जरिवाना गरेको हो । त्यस्तै, नियम विपरित आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै केयर रेटिङलाई बोर्डले स्पटिकरण सोधेको छ ।

बोर्डका अनुसार तोकिएको समयभित्र प्रतिवेदन पेश नगरेको भन्दै सनी सेक्युरिटिजलाई कार्वाही गरिएको हो । सनी सेक्युरिटिजलाई धितोपत्र ऐन २०६३ को दफा २०२ अनुसार १० हजार रुपैयाँ नगद जरिवाना गरिएको बोर्डका एक कर्मचारीले जानकारी दिएका छन् ।

ती कर्मचारीका अनुसार कार्वाहीमा परेका इम्पेरियल सेक्युरिटिजलाई ७५ हजार जरिवाना गरिएको छ । ‘इम्पेरियल सेक्युरिटिजले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश गरेको थिएन’, ती कर्मचारीले भने, ‘धितोपत्र ऐन अनुसार नै कार्वाही गरिएको हो ।’ त्यस्तै, त्रिशुल सेक्युरिटिजलाई पनि त्रैमासिक आर्थिक प्रतिवेदन समयमा नबुझाएको भन्दै धितोपत्र ऐन २०६३ को दफा १०१ को ४ अनुसार ७५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

यता बोर्डले केयर रेटिङलाई भने स्पष्टिकरण सोधेको छ । रेटिङ नियमावली २०६८ विपरित आफ्नै मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै ‘कार्वाही किन नगर्ने ?’ सन्दर्भमा स्पष्टिकरण माग गरेको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK