×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समयमा विवरण नबुझाउने तीन दलाल कम्पनीलाई बोर्डले जरिवाना तिरायो, कुन दलालले कति तिरे ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

समयमा विवरण नबुझाउने तीन दलाल कम्पनीलाई बोर्डले जरिवाना तिरायो, कुन दलालले कति तिरे ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन दलाल कम्पनीलाई कार्वाही गरेको छ । नियम उल्लंघन गरेको भन्दै बोर्डले सनी सेक्युरिटिज, त्रिशुल र इम्पेरियल सेक्युरिटिजलाई कार्वाही गरेको हो ।

सनी सेक्युरिटिजले तोकिएको समयभित्र बार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेको भन्दै कार्वाही स्वरुप १० हजार नगद जरिवाना गरिएको बोर्डले जनाएको छ । सनी सेक्युरिटिजलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम कार्वाही गरिएको हो ।

यता त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट र इम्पेयरयल सेक्युरिटिजलाई आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन पेश नगरेको भन्दै कार्वाही गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार दुवै ब्रोकरलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम ७५ हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

तीन वटै दलाल कम्पनीहरुले समयमा विवरण पेश नगरेको भन्दै बोर्डले यसअघि स्पष्टिकरण माग गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: