काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १७.२४ अंकले बढेर २०४६.२६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९ सय ४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ५७ लाख ४८ हजार ९ सय ७९ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा श्रीजनशील लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा खप्तड लघुवित्त वित्तिय संस्था, धौलागिरी लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, एनआइबिएल सम्वृद्धि फण्ड-२ र ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ५७ लाख ४८ हजार ९ सय ७९ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल दूरसंचार कम्पनी, हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा सिद्धार्थ इक्वटि फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सिद्धार्थ इक्वटि फण्डको सेयरमा यस्तो गिरावट आउँदा ८.५% नेपाल बैंक डेबेञ्चर २०८७, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, मिथिला लघुवित्त वित्तिय संस्था, रिभर फल्स पावर र आइसीएफसी फाइनान्स लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्