×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १७.५६ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ९६ करोडमाथिको कारोबार

PRIME CA

सोमबार १७.५६ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ९६ करोडमाथिको कारोबार

१८ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७.५६ अंकले बढेर २०६३.८३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५३ कम्पनीको ८२ लाख ७१ हजार ३ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९६ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ८४ लाख ५१ हजार २ सय ८२ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा श्रीजनशिल लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाईटेड आइडिआइ मार्दी आरबि हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ८४ लाख ५१ हजार २ सय ८२ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक, नेपाल दूरसंचार कम्पनी, युनिभर्सल पावर कम्पनी र सिभिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा एनएमबि ५० का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । एनएमबि ५०को सेयरमा यस्तो गिरावट आउँदा नेपाल दूरसंचार कम्पनी, १०.५% नेपाल इन्भेस्टमेन्ट डेबेञ्चर २०८२, ८.५% नेपाल बैंक डेबेञ्चर २०८७, तेर्हथुम पावर कम्पनी र हिमालयन बैंक लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: