काठमाडौं । साताको कारोबारको तेश्रो दिन नेप्सेमा झिनो अंकको करेक्सन देखिएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २५७ कम्पनीको ८२ लाख २२ हजार ८ सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड १९ लाख ६४ हजार २ सय ३६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा स्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा धौलागिरी लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स, नेरुडे लघुवित्त वित्तिय संस्था, स्वभालाम्भन लघुवित्त वित्तिय संस्था र साधना लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड १९ लाख ६४ हजार २ सय ३६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर, नेपाल रिइन्स्योरेन्स कम्पनी र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । विन नेपाल लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा बोटलर्स नेपाल (तराई) लिमिटेड, दोर्दी खोला जलविद्युत कम्पनी, पिपुल्स पावर लिमिटेड, हिमालयन बैंक लिमिटेड र युनिभर्सल पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्