काठमाडौं । साताको कारोबारको चौथो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २५८ कम्पनीको ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड ५२ लाख ७४ हजार ९ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा साल्ट ट्रेडिङ कर्पोरशनका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी लिमिटेड, कालिका लघुवित्त वित्तिय संस्था, मिर्मिरे लघुवित्त वित्तिय संस्था, किसान लघुवित्त वित्तिय संस्था, नदिप लघुवित्त वित्तिय संस्था र पिपुल्स पावर लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड ५२ लाख ७४ हजार ९ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सानिमा माई हाइड्रोपावर लिमिटेड, नेपाल दूरसंचार कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा १०% नेपाल एसबिआइ बैंक देबेञ्चर २०८६ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा धेरैले घटेको हो । १०% नेपाल एसबिआइ बैंक देबेञ्चर २०८६ को सेयरमा यस्तो गिरावट आउँदा सनराइज ब्लुचिप फण्ड, अजोड इन्स्योरेन्स, लक्ष्मी बैंक लिमिटेड, धौलगिरी लघुवित्त वित्तिय संस्था र सेन्चुरी देबेञ्चर २०८८मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्