काठमाडौं । नयाँ सरकार गठनपछि लगातार बढिरहेको सेयर बजारमा बिहीबार ५ अर्ब बढिको कारोबार भएको छ । योसँगै बजार बुलिस लयको कन्फर्मेसन नजिक पुगेको आंकलन गर्न थालिएको छ ।
बिहिबार नेप्से परिसूचक १८.०९ अंकले बढेर २१४३.९३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको हो । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड १९ लाख ६६ हजार ९ सय ७४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, श्रीजनशिल लघुवित्त वित्तिय संस्था, बाराही हाइड्रोपावर र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड १९ लाख ६६ हजार ९ सय ७४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, एनआइसी एशिया बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । सिटिजन्स म्युचुअल फण्ड-२ को सेयरमा यस्तो गिरावट आउँदा मनकामना स्मार्ट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, १०.२५ % नेपाल एसबिई बैंक देबेञ्चर २०८३, प्रभु इन्स्योरेन्स र शिवम् सिमेन्टमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्