काठमाडौं । नयाँ सरकार गठनपछि लगातार बढिरहेको सेयर बजारमा आइतबार पनि ५ अर्ब बढिको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक २०.६८ अंकले बढेर २१६४.६१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २५९ कम्पनीको १ करोड ४१ लाख ९ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड २९ लाख ५२ हजार ५ सय ११ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बाराही हाइड्रोपावर, ङ्गादि ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमइ सम्मुनत स्किम-१, प्रभु लाइफ इन्स्योरेन्स र आधिखोला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड २९ लाख ५२ हजार ५ सय ११ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, रिडी पावर कम्पनी, ङ्गादि ग्रुप पावर, अपि पावर कम्पनी र अपर तामाकोशी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । बुद्धभुमि नेपालको सेयरमा यस्तो गिरावट आउँदा विन नेपाल लघुवित्त वित्तिय संस्था, श्रीजनशिल लघुवित्त वित्तिय संस्था, समित लघुवित्त वित्तिय संस्था, हिमालयन डिष्ट्रिलरी र सयपत्री हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्