काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४७.१५ अंकले बढेर २२११.७६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २ सय ६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ६८ लाख १७ हजार ४ सय ५८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा बरुण हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा खानीखोला हाइड्रोपावर, छ्याँग्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट, हिमालयन उर्जा विकास, युनियन हाइड्रोपावर र सिङ्गति हाइड्रो एनर्जीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ६८ लाख १७ हजार ४ सय ५८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा ङ्गादि ग्रुप पावर, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, नबिल बैंक, अपि पावर कम्पनी र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । स्वाभिमानको सेयरमा यस्तो गिरावट आउँदा धौलागिरी लघुवित्त वित्तिय संस्था, १०% नेपाल एसबिआइ बैंक डेबेञ्चर २०८६, १२% गुडविल फाइनान्स लिमिटेड डेबेञ्चर २०८३, डिप्रोस्क लघुवित्त वित्तिय संस्था र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्