काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको करेक्शन देखिएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २१.३४ अंकले घटेर २१९०.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार ९ सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको २१ करोड २१ लाख १ हजार ४ सय ३६ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा सिङ्गति हाइड्रो, विन नेपाल लघुवित्त, खानीखोला हाइड्रोपावर, बरुण हाइड्रोपावर, सानिमा इक्वटि फण्ड र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको २१ करोड २१ लाख १ हजार ४ सय ३६ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, रिडी पावर कम्पनी, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, अपर तामाकोशी हाइड्रोपावर र युनिभर्सल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । तारागाउँको सेयरमा यस्तो गिरावट आउँदा बुद्धभूमि नेपाल हाइड्रोपावर, रिभर फल्स पावर लिमिटेड, पोखरा फाइनान्स, सयपत्री हाइड्रोपावर र धौलागिरी लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्