काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४१.०४ अंकले घटेर २१४९.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २२ करोड २० लाख १२ हजार १ सय ३१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहिबारको सेयर बजारमा कुमारी धनब्रिद्धि योजनाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सिङ्गति हाइड्रो, बाराही हाइड्रोपावर, एनआइबिएल सम्वृद्धि फण्ड-२, मध्येभोटे कोशी जल विद्युत र आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २२ करोड २० लाख १२ हजार १ सय ३१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावरकम्पनी, ङ्गादि ग्रुप पावर, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, एनआइसी एशिया बैंक र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा गुराँस लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । गुराँसको सेयरमा यस्तो गिरावट आउँदा कालिका पावर कम्पनी, बलेफी हाइड्रोपावर, स्वभलम्बन लघुवित्त, खप्तड लघुवित्त र हिमालयन एभरेस्ट इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्