काठमाडौं । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ८.१५ अंकले बढेर २१७३.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २४८ कम्पनीको ८३ लाख १ सय ८७ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३२ लाखमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ९१ लाख ७ हजार ३ सय ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा सानिमा जीआइसी इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सुर्यदय वोमी लघुवित्त वित्तिय संस्था, शिव श्री हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स र आदर्श लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ९१ लाख ७ हजार ३ सय ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिव श्री हाइड्रोपावर, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा मैलुंग खोला जल विद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । मैलुंग खोलाको सेयरमा यस्तो गिरावट आउँदा एनएमबि हाइब्रिड फण्ड एल-१, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड २ र कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्