काठमाडौँ । सेयर बजार विश्लेषक नवराज बुर्लाकोटीले सेयर बजारमा लाग्न र छोटो समयमा नै पैसा कमाउन कला हुनुपर्ने बताएका छन् । स्पेस फोके टेलिभिजनमा प्रशारण हुने अर्थ सरोकार डटकमको प्रस्तुती साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कला नजाने रातभर तास खेल्दा पैसा सकिएझैं सेयर बजारमा पनि पैसा सकिने रिस्क हुनेसमेत बताएका छन् ।
‘तास खेल्दा सुरुमा जितिएजस्तो हुन्छ । बीचमा फेरी हार्न थालिन्छ । विहान उज्यालो हुँदा पैसा सकिन्छ ।’ कार्यक्रममा बोल्दै उनले भनेका छन्- ‘यसरी नै सेयर बजारमा पैसा नसकिएला भन्न सकिन्न । त्यसैले सोचेर मात्र, बुझेर मात्र सेयर बजारमा लगानी गरे राम्रो प्रतिफलको आशा गर्ने ठाउँ हुन्छ ।’
उनले देशको अर्थतन्त्र अझै पनि सोचेजस्तो राम्रो भईनसकेकाले बजार धेरै माथि जानेतर्फ शंका व्यक्त गरेका छन् । ‘अर्थतन्त्र सबै यस्तै खराब हुने हो भने बजारमात्र त कसरी माथि जाला र ?’ उनले प्रतिप्रश्न गर्दै कार्यक्रममा भनेका छन् । आन्तरिक उत्पादनतर्फ सरकारले जोड दिनुपर्ने बताउँदै उनले यसतर्फ सरकार गम्भीर नभएको आरोपसमेत लगाएका छन् । हेरौं उनीसँग सहकर्मी सुरज प्याकुरेलले गर्नुभएको यो खास संवाद :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्