×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार नेप्सेमा सामान्य करेक्सन हुँदा ४ अर्ब ९२ करोडमाथिको कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार

PRIME CA

बुधबार नेप्सेमा सामान्य करेक्सन हुँदा ४ अर्ब ९२ करोडमाथिको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य करेक्सन देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ३५ करोड ७८ लाख ५४ हजार ५ सय ३९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास, ग्रिन भेन्चर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी र सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ३५ करोड ७८ लाख ५४ हजार ५ सय ३९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा साल्ट ट्रेडिङ कर्पोरेशनका  लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । साल्ट ट्रेडिङको सेयरमा यस्तो गिरावट आउँदा सिङति हाइड्रो इनर्जी, मिथिला लघुवित्त वित्तिय संस्था, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ र अधिखोला लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: