×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार झिनो अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४ करोडमाथिको कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार

PRIME CA

बिहिबार झिनो अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २४६ कम्पनीको ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको १८ करोड ४ लाख ४४ हजार ६ सय ५३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मैलुंग खोला जल बिद्युत परियोजना, नेपाल इन्फ्रास्ट्रकचर बैंक, ग्रिन भेन्चर लिमिटेड, स्वेत-गंगा हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रकचरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको १८ करोड ४ लाख ४४ हजार ६ सय ५३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, पिपुल्स हाइड्रोपावर, अपि पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । कुमारीको सेयरमा यस्तो गिरावट आउँदा लक्ष्मी लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड-२, ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था र स्वाभिमान लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: