×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १३.७१ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार १३.७१ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

९ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ४८ लाख २८ हजार ८ सय ३२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सानिमा जीआइसी इन्स्योरेन्स, कुमारी बैंक लिमिटेड, स्टाण्डर चार्टर्ड बैंक, सम्वृद्धि फाइनान्स कम्पनी र पिपुल्स हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको  सेयर बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ४८ लाख २८ हजार ८ सय ३२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, रिडी पावर कम्पनी, अपि पावर कम्पनी र एभरेस्ट बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयन हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा लिबर्टी इनर्जी कम्पनी, सिङ्गति हाइड्रो इनर्जी, ग्रिन भेन्चर लिमिटेड र बलेफी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी